
ढोरपाटन। यहाँको छेन्तुङ र खाल्डेखुल्डे जोड्ने गरी उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । सङ्घीय सरकारले विनियोजन गरेको दुई करोड ७७ लाख रुपैयाँमा सो झोलुङ्गे पुल निर्माण गरिएको हो । २८८.४ मिटर लामो झोलुङ्गे पुल बनेपछि ढोरपाटन नगरपालिका–६ को दोगाडी, छालहाल्ना, कुदुम, गाडीखोलालगायत दर्जन बढी गाउँका स्थानीयलाई ढोरपाटन आउजाउ गर्न सहज भएको वडाध्यक्ष उमेश बुढामगरले बताए ।
ढोरपाटन नगरपालिका–६ का पानबहादुर विकले पुल बनेपछि गाउँमा विकास आएको अनुभूति भएको सुनाए । ‘यहाँ पुल नहुँदा खोला तर्दा म आफैँलाई कति पटक बगायो, धन्न पौडिन सक्ने हुँदा बाँचे, आइमाइ केटाकेटीहरू पनि बस्छन् तर उनीहरूलाई दुई/तीन घण्टाको घुमाउरो बाटो हिँडेर खोला तर्नु पर्ने अवस्था थियो’, विकले भने, ‘अब त पुल बन्यो, बेँसी झर्न र बस्तुभाउलाई वारपार गराउन धेरै सजिलो हुने भयो ।’
फेसबुक प्रतिक्रिया













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान