
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा आह्वान भएको छ । कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले जेठ १० गते कम्पनीको ७ औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।
उक्त सभा बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि शुरू हुनेछ । सभाले संस्थाको चुक्ता पूँजी वृद्धिको लागि हकप्रद सेयर जारी गर्न, अन्य लघुवित्तसँग मर्जरमा जान तथा सोसम्बन्धी आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
त्यसैगरी गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने र सञ्चालक समितिबाट नियुक्त भएका सञ्चालकको बाँकी कार्यकाल अनुमोदन गर्नेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते एक दिनका लागि बूक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ नेप्सेमा वैशाख २९ गतेसम्म कारोबार भई कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
एशियन लाइफले कमायो साढे ४१ करोड नाफा, अधिकांश सूचकमा सुधार
सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?
२ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको नाफा, १७ अर्ब ९३ करोडको जीवन बीमा कोष
नेपाल इन्स्योरेन्सको नाफा १७ करोड, प्रतिसेयर आम्दानी कति ?
युनाइटेड अजोडको बीमा व्यवसाय मजबुत, एक वर्षमा कमायो ६ करोड बढी नाफा
सानिमा जीआईसी व्यवसाय विस्तारमा आक्रामक, यस्ता छन् अन्य सूचक
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित