
काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ। अहमदाबादमा भएको खेलमा गुजरातले १ सय ६४ रनको लक्ष्य १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। पञ्जाबका लागि सूर्यांश सेड्जेले ५७ रन तथा मार्कस स्टोइनिसले ४० रनको बनाए । गुजरातका बलरहरूले सुरुवातमै पञ्जाबलाई दबाबमा पारेका थिए। मोहम्मद सिराज, कागिसो रबाडा र जेसन होल्डरको उत्कृष्ट बलिङका कारण पञ्जाब एक समय ४७ रनमै ५ विकेट गुमाएको अवस्थामा पुगेको थियो। जेसन होल्डरले उत्कृष्ट प्रदर्शन गर्दै ४ र रबाडाले २ विकेट लिए।
१ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। वाशिङ्टन सुन्दरले अविजित ४० रन बनाउँदै टोलीलाई जितसम्म पुर्याए। अन्तिम ओभरमा ११ रन आवश्यक भएको अवस्थामा सुन्दरले अन्तिमभन्दा अघिल्लो बलमा छक्का प्रहार गर्दै गुजरातलाई जित दिलाए। पञ्जाबका अर्शदीप सिंहले र विजयकुमार वैशाखले समसन २ विकेट हात पारे। यो जितसँगै गुजरातले लगातार तेस्रो जित दर्ता गर्दै अंक तालिकामा १२ अंक पुर्याएको छ। पञ्जाब भने लगातार दोस्रो हार व्यहोरे पनि अझै तालिकाको शीर्ष स्थानमा रहेको छ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना