
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जनकपुरधामको पर्यटन पूर्वाधार सुदृढीकरणका लागि ठूला लगानी आवश्यक रहेको बताएका छन् । आज करिब दुई अर्ब रुपैयाँको निजी लगानीमा जनकपुरधाम उपमहानगर– १४ मा निर्माण गर्न लागिएको पाँचतारे होटलको शिलान्यास गर्दै उहाँले धार्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित जनकपुरधाममा अन्तरराष्ट्रियस्तरको सेवा सुविधा विस्तार हुँदा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने र प्रदेशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका हुन् ।
प्रतिनिधिसभा सदस्य मनिष झाले निजी क्षेत्रको सक्रियताले विकास निर्माणमा तीव्रता ल्याएको उल्लेख गर्दै पर्यटन उद्योगलाई सुदृढ बनाउन राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । परियोजना प्रवद्र्धक मिथिला हस्पिटालिटी प्रालिका अध्यक्ष रामेश्वर साहले सो होटल करिब तीन वर्षभित्र निर्माण सम्पन्न गरी २०८६ साल वैशाखदेखि सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए ।
उक्त होटल सञ्चालनमा आएपछि करिब १५० जनाले प्रत्यक्ष रोजगारी पाउने र अप्रत्यक्ष रूपमा सयौँ व्यक्तिलाई लाभ पुग्ने जनाइएको छ । कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतो, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साह, सञ्चालक समिति सदस्य काजी लामा लगायतको उपस्थिति रहेको थियो ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम