
दाङ । घोराही उपमहानगरपालिका–७ का किसान भीमकान्त चापागाईं बेमौसमी तरकारी खेतीगरी आर्थिक रुपमा सक्षम बनेका छन् । उनले पाँच बिघा जमिनमा गोलभँेडा र तरकारीखेती गरी मनग्य आम्दानी गर्दै आएका छन् ।
यतिखेर चापागाईंको बारीमा गोलभेँडा लटरम्म फलेका छन् । जमिनमा फरकफरक प्लटमा छुट्टाछुट्टै खेती गरेका छन् । त्यहाँ लटरम्म फलेका गोलभेँडा तथा तरकारी देख्दा त्यहाँ पुग्ने जोसुकै पनि लोभिन्छ । अनि दङ्ग हुनुहुन्छ किसान ६२ वर्षीय चापागाईं । पसिना र पौरखले लहलह छन् उनको बारीमा धेरै तरकारी । व्यावसायिक गोलभेँडा खेतीबाट अब्बल किसानका रुपमा चिनिन सफल छन् चापागाईँ ।
चापागाईंको तरकारीखेती यो क्षेत्रकै एक नमुना बनेको छ । उनले ती प्लटमा झल्किने हरियाली र लटरम्म फलेका गोलभेँडा कतै पाकेका, केही पाक्ने तयारी र केही बतेला लागेका छन् । त्यस्तै खुर्सानी, सिमी, बोडी, काँक्रालगायत तरकारी फलेका छन् । यही गोलभेँडाले चापागाईंँलाई एक सफल एवम् उत्कृष्ट किसानको परिचय दिएको छ । आफूलाई एक सफल कृषकका रुपमा स्थापित गर्न सफल धेरै मेहनत गरेका छन् । कसानका लागि उनी एक सफलताको उदाहरण बन्न सफल हुनुभएको छ ।
विसं २०७५ मा रु चार लाखको लगानीमा जमिन भाडामा लिएर तरकारीखेती सुरु गरेको चापागाईंले बताए । अहिलेसम्म तरकारीखेतीमा नै कम्तीमा रु २० लाख बढी लगानी गरेको चापागाईं बताउँछन् । उनले अर्काको जमिन भाडामा लिएर सबैभन्दाबढी उन्नत जातका गोलभेँडा, अरु विभिन्न जातका बेमौसमी तरकारीखेती गरिरहेका छन् ।
चापागाईंले वार्षिक प्रतिकट्ठा रु तीन हजारका दरले जम्मा हुने रकम भाडा तिर्छन् । उनको कृषि फारममा अहिले ६ जनाले रोजगारी पनि पाएका छन् । उनी भन्छन्, “सबै खर्च कटाएर वार्षिक रुपमा रु १२ लाखसम्म बचत गर्न सकेको छु ।” उनकी श्रीमती पनि यहीखेतीमा पूर्ण रुपमा लागेका छन् । दुई छोरा भने रोजगारीका लागि जिल्ला बाहिर छन् ।
चापागाईं भन्छन्, “म आफ्नो व्यवसायबाट सन्तुष्ट छु, खुसी छु । आफ्नै माटोमा खेलेको छु, माटोको मायाँ बढ्दो छ । यो उमेरमा पनि जोश जागरमा कमी आएको छैन् ।” बारीमै आएर ग्राहकहरुले गोलभेडा खुर्सानीलगायतका तरकारी किनेर लैजाँदा आनन्द आउने उनी बताउँछन् ।
चापागाईंले सुरुमा घोराहीस्थित मसिनामा एक बिघा जमिन भाँडामा लिए । त्यही जग्गामा उनले गोलभेँडाखेती गरे । त्यहाँबाट उनलाई राम्रो आम्दानी भयो । खेतीका लागि आवश्यक पर्ने जमिन अपुग भई साँघुरो भएपछि त्यहाँ छोडेर चापागाईंले विगत पाँच वर्षअघिदेखि यस ठाउँमा खेतीगरी रहेका छन् ।
चापागाईंले अन्य जातका तरकारीभन्दा गोलभेँडाखेतीबाट धेरै लाभ लिन सकिने र एकपटक रोपेपछि लामो समयसम्म फल्ने तथा आम्दानी लिन सकिने भएकाले धेरै जमिनमा गोलभेँडाखेती गरेको बताए । चापागाईँले गोलभेडासहित काँक्रो, खुर्सानी, बोडी, सिमीलगायतका तरकारी खेती पनि गरेका छन् । उत्पादन भएको तरकारी लिन बारीमै व्यापारी गाडी लिएर आउने गरेको उनले बताए ।
चापागाईंका अनुसार गोलभेँडा प्रतिकिलो रु ८० र थोकमा प्रतिकिलो रु ७० देखि रु ७५ सम्म बिक्री भइरहेको छ । चापागाईं यस क्षेत्रका सफल कृषकका रुपमा स्थापित भएका छन् । कृषिप्रधान हाम्रो देशमा कृषिको अत्यन्तै राम्रो सम्भावना रहेको तर पनि राज्य भने अझै पनि यस क्षेत्रका समस्या समाधानमा गम्भीर नभएको चापागाईंको गुनासो छ ।
राज्यले समयमा नै कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने चापागाईं सुझाव दिन्छन् । देशभित्रै सीपमुलक कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने र विदेशीने युवालाई लक्ष्य गरेर उनीहरुलाई स्वदेशमै रोक्न एकीकृत कृषि व्यवसाय फारम सञ्चालनमा ल्याउनुपर्ने उनी बताउँछन् ।













समाचार
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि
दुई महिनामा व्यापार घाटा करिब साढे ३ खर्ब
नयाँ डिजाइनसहित १ हजार रुपैयाँको बैंकनोट प्रचलनमा आउँदै
राहुघाट निर्माणको १६ वर्षे यात्रा: असफल ठेक्कादेखि परीक्षण उत्पादन
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको होः कानुनमन्त्री गौतम
डोल्पामा सीता एयर दुर्घटना
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक