
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा सामान्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेका चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सामान्य सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा कम्पनीले कुल ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ४६ करोड ५७ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ३ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल आम्दानी ५ अर्ब ५० करोड ६७ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ७६ करोड ३७ लाख रुपैयाँ थियो। कुल खर्च पनि बढेर ५ अर्ब २ करोड ७५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो खर्च ३ अर्ब ३१ करोड ८ लाख रुपैयाँ रहेको थियो । कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३.३८ रुपैयाँ रहेको ईपीएस चालु आर्थिक वर्षमा घटेर १२.०७ रुपैयाँमा सीमित भएको छ। प्रति सेयर नेटवर्थ १४६.१७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.६१ गुणा कायम भएको छ ।
वित्तीय अवस्थातर्फ कम्पनीको कुल सम्पत्ति बढेर २४ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो सम्पत्ति २२ अर्ब ४ करोड ३१ लाख रुपैयाँ रहेको थियो। कम्पनीको जगेडा कोष पनि बढेर ६८ करोड ३० लाख रुपैयाँ पुगेको छ। चुक्ता पूँजी ५ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २७ करोड ६८ लाख रुपैयाँ रहेको छ । यता कम्पनीको जीवन बीमा कोष १६ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ पुगेको छ। यस्तै कम्पनीको सोल्भेन्सी अनुपात २.५४ गुणा कायम रहेको छ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार