भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा

काठमाडौं । भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर नेपालमा भित्रिएको करिब दुई महिना भइसकेको छ । भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव बोकेको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादन गरिएको एम्पीयर ब्राण्डका स्कुटरहरूलाई नेपालमा आधिकारिक रूपमा एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटोसोलुसन प्रा. लि. लेबिक्री–वितरण गर्दै आएको छ ।

नेपालभर एम्पीयर ब्राण्डलाई विस्तार गर्ने क्रममा अब पोखरामा पनि यसको आधिकारिक बिक्री–वितरण सुरु गरिएको छ । पोखराको बुद्धचोकमा रहेको डीएनबी ट्रेड प्रा. लि. लेएम्पीयर स्कुटरको आधिकारिक डिलरका रूपमा शोरुम सञ्चालनमा ल्याई वैशाख ३१ गतेदेखि एम्पीयर नेक्सस ईएक्स स्कुटरको बिक्री–वितरण सुरु गरेको छ ।

डीएनबी ट्रेड प्रा. लि. लेएम्पीयरको नेक्सस ईएक्स मोडल सहित पोखरा बजारमा प्रवेश गरेको छ । ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले विगत १५ वर्षदेखि भारतमा विद्युतीय दुईपाब्ग्रेसवारीसाधन उत्पादन गर्दै आएको छ । ग्रीभ्सको एम्पीयर ब्राण्ड भारतमा बलियो उपस्थिति बनाएको विद्युतीय स्कुटर ब्राण्डमध्ये एक हो ।

एम्पीयरका स्कुटरहरू उच्च प्रदर्शन, आकर्षक डिजाइन, स्मार्ट टेक्नोलोजी तथा विश्वस्तरीय गुणस्तरका लागि परिचित छन्। विशेषगरी एम्पीयर नेक्सस ईएक्स दैनिक प्रयोग, आरामदायी यात्रा तथा किफायती विद्युतीय सवारी खोज्ने ग्राहकहरूका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।

एम्पीयर स्कुटरमा लिथियम फेरोफोस्फेट ब्याट्री प्रयोग गरिएको छ । यी स्कुटरहरू अत्यन्तै चिसो अर्थात्माइनस ४० डिग्रीदेखि अत्यन्तै तातो ६० डिग्री तापक्रमसम्म परीक्षण गरिएका छन् । एम्पीयरमा प्रयोग गरिएको एलएफपी ब्याट्रीको लाइफ साइकल २ हजारसम्म रहेको छ । साथै, ब्याट्रीमा ८८७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी ८८ उपलब्ध हुनेछ ।

एम्पीयर स्कुटरहरूमा मजबुत च्यासिस, ट्वीन सस्पेन्सन, स्मार्ट टेक्नोलोजी, आरामदायी राइडिब अनुभव तथा आकर्षक फिचरहरू उपलब्ध छन् ।

एम्पीयर नेक्सस ईएक्स

एम्पीयर नेक्सस ईएक्समा ३.९ किलोवाट क्षमताकोमोटर उपलब्ध छ । यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । कम्पनीका अनुसार एक पटक पूर्णचार्जगर्दायस स्कुटरलाई १३६ किलोमिटरसम्म गुडाउन सकिन्छ । यो ब्याट्री प्याक घरमै करिब ३ घण्टा ३० मिनेटमा चार्ज गर्न सकिन्छ ।

मिड–माउन्ट मोटर भएकोयस स्कुटरमा रिभर्समोडसहित पाँचवटा राइड मोड उपलब्ध छन् । यसमा एलोय ह्वील, डिस्क ब्रेक, अल–एलईडी लाइट, यूएसबी चार्जर, कनेक्टिभिटी लगायतका आधुनिक फिचरहरू समावेश छन्। एम्पीयर नेक्सस ईएक्सकोमूल्य ३,३५,००० रुपैयाँ मात्र तोकिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार