
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तिन सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ । समितिका अनुसार समस्याग्रस्त घोषित ३ वटा सहकारीका १ हजार ७ सय ७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो ।
समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीको नाममा सार्वजनिक भएको हो ।
समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ ।
साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा यथासिग्र सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ। समितिले समस्याग्रस्त सहकारीका ऋणीहरुको नाम सार्वजनिक गर्दै आएको छ । यस अघि कार्यालयले तीन सहकारीका ऋण नतिर्ने ऋणिको नाम सार्वजनिक गरेको थियो ।













समाचार
तीजको दरखाने खर्च बाढीपीडितलाई
१४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
नक्कली सुन देखाएर एक करोड ३९ लाख ठगी, एक पक्राउ
कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट पास गराइयो
मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता