
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको आईपीओ जारी गर्ने समय परिवर्तन भएको छ । कम्पनीले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्न लागेको आईपीओमा आवेदन दिने मिति परिवर्तन गरेको हो ।
नेपाल सरकारले सो दिन बकर ईदको सार्वजनिक बिदा दिने निर्णय गरेसँगै कम्पनीले निष्काशन मिति परिवर्तन गरेको हो । कम्पनीले अब जेठ १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा कम्पनीले २८ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ५ लाख ७० हजार कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले १ लाख ७१ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र २ लाख ८५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ ।
अब भने कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँकी रहेको ४६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा जेठ २१ गते हुनेछ भने ढिलोमा असार १ गते हुनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।













समाचार
भेस्पार र अप्रिलियाले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै “द सेभिङ एक्स्ट्राभागान्जा” नामक विशेष योजना सार्वजनिक
घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा
टाटाको सिएरा इभी नाडा अटो शोमा सार्वजनिक, ७५ किलोवाटको ब्याट्री, ५३० किमि रेन्ज
डोङफेङको प्रिमियम विद्युतीय गाडी सेडान ईपाइ००७ नेपालमा, मूल्य ५९.९९ लाख रुपैयाँ
मलेसियामाथि नेपालको सानदार जित
आहा, यस्तो पो झरना !
‘करदाता पोर्टल’को नयाँ संस्करण परीक्षण प्रयोगमा, अनलाइन सेवा थप सहज हुने
विद्युतीय वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विवरण यकिन गर्नुपर्ने
भोलि सार्वजनिक बिदा
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ