सेयर बजार घट्ने क्रम जारी, परिसूचक २७०० मा, कारोबार रकम ४ अर्ब माथि

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक घटेर कारोबार बन्द भएको छ । आज सेयर बजार परिसूचक १.४६ अंकले घटेर बन्द भएको हो ।

यो सँगै सेयर बजार परिसूचक २७०० विन्दुमा पुगेर बन्द भएको छ । परिसूचक २७००.६५ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १४३ कम्पनीको सेयर मूल्य घटेको छ भने ११६ कम्पनीको सेयर मूल्य आज बढेको छ । त्यस्तै आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.१७ अंकले घटेर ४६३.८० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १० वटाको सेयर मुल्य घटेको छ भने ३ वटाको मात्रै बढेको छ ।

परिसूचक सामान्य अंकले घटेको दिन बजारमा ४ अर्ब भन्दा माथिको कारोबार भउको छ । आज ३५३ कम्पनीका ८१ लाख ३८ हजार ४३३ कित्ता सेयर ९० हजार ८६२ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४४ करोड ६५ लाख २० हजार २४७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया