
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । कम्पनीले असार ३१ गतेका लागि साधारणसभा बोलाएको हो ।
उक्त सभा काठमाडौं भाटभटेनीस्थित अम्रपाली ब्याकेटमा बिहान १०ः३० बजेदेखि सुरु हुने छ । सभामा गत आर्थिक बर्षको प्रतिवेदन पारित गर्ने, नयाँ लेखापरिक्षक नियुक्त गर्ने निर्णय पारित गर्ने छ । त्यस्तै, कम्पनीमा हाल कायम रहेको २ अर्ब ३१ करोडमा ०.२२५६ प्रतिशतका दरले नगद लाभांश बाउन्न लाख दश हजार पाँचसय छविस पैसा बत्तिस रुपैयाँ प्रस्तावित लाभांशको कर प्रायोजनार्थ पारित गर्ने निर्णय गर्ने भएको छ ।
सञ्चालक समितिबाट प्रस्ताव गरिएको हाल चुक्ता भएको पूँजी रु.२,३१,००,००,००० (अक्षरेपी दुई अर्ब एकतीस करोड) को ४.२८५७ प्रतिशतले हुन आउने रकम रु.९,९०,००,००० (अक्षरेपी नौ करोड नब्बे लाख ) बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने बारे निर्णय गर्ने भएको छ । त्यस्तै, बिशेष एजेण्ठामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत साधारण सभाबाट कायम भएको जारी पूँजी रु.२,५४,१०,००,००० (अक्षरेपी दुई अर्व चौवन्न करोड दश लाख) मा वोनस सेयर जारी गरे पश्चात कम्पनीको जारी पूँजी रु. २,६४,००,००,००० (अक्षरेपी दुई अर्ब चौसट्ठी करोड ) पुग्ने हुँदा र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने बिषयमा पनि छलफल गर्ने भएको छ ।
संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायहरुवाट कुनै फेरबदल, थपघट गर्न निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अघि बढाउने भएको छ ।












समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?