
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज भने २ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६४९.५१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको सेयर मूल्य बढेको छ । आज २० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ०.५५ अंकले घटेर ४५७.६८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । परिसूचक घटेको दिन बजारमा करिब ४ अर्ब रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा ३५९ कम्पनीका ७७ लाख २७ हजार ६४९ कित्ता सेयर ३९ हजार ५४६ पटक खरिद बिक्री हुँदा ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार ५५२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान