
काठमाडौं । गाब्रीएल मार्टेीनेलीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि जाापनलाई २–१ ले पराजित गर्दै ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मार्टिनेलीले अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा निर्णायक गोल गरे ।
पाँच पटकको च्याम्पियन ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै जित हात पारेको हो । ब्राजिलले अब आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ । जापानका लागि काइसु सानोले २९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले मैदानको बिच भागमा ब्राजिलियन खेलाडीको मिस पासलाई कलेक्ट गर्दै एक्लै बल अगाडि बढाउँदै गोल गरेका हुन् । दोस्रो हाफमा ब्राजिल खेलमा फर्कियो । ब्राजिलका लागि मिडफिल्डर कासेमिरोले ५६ औं मिनेटमा हेड मार्फत गोल गरे ।
पहिलो पटक नकआउट चरणमा खेल जित्ने लक्ष्यमा रहेको जापानले भने अग्रता कायम राख्न नसक्दा जित हात पार्न सकेन ।













समाचार
‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
चौथो ताप्लेजुङ गोल्डकपः पर्यटकीय क्षेत्रबाट खेल तालिका सार्वजनिक
जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज
नेपाल प्रिमियर लिग क्रिकेट : कर्णाली याक्सलाई एभर राइजको साथ
क्यासिनोमा होटलको १० प्रतिशत अनिवार्य सेयर हटाउन हानको माग
अख्तियारको डरले कर्मचारीले निर्णय गर्न छाडे, सरकार ‘अनिर्णयको बन्दी’ बन्यो : मन्त्री गौतम
मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
‘अख्तियारलाई प्रधानमन्त्रीको शाखा होइन, साँच्चिकै अख्तियार बन्न दिऔँ’
नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली
सिबिफिनको चेतावनी– ‘व्यावसायिक निर्णय र बैंकको धितो लिलामलाई फौजदारीकरण नगरियोस’