
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ ईन्डेक्स ३.०४, फ्लोट ईन्डेक्स १.५२, र सेन्सिटिभ फ्लोट ईन्डेक्स १.१० अंकले घटेको छ ।
यस दिन कारोबार रकम ५८ करोड ६९ लाखले बढेको छ । यस दिन ३६५ कम्पनीको ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर ७९ हजार २८६ पटक खरिद बिक्रि हुँदा ३ अर्ब २५ करोड ८७ लाख बराबरको कारोबार भएको छ । बुधबार २ अर्ब ६७ करोड १८ लाख रुपैयाँको कारोबार भएको थियो ।
यस दिन १३ वटै उपसमूह घटेका छन् । बैंक ०.७३, विकास बैंक ०.०१, वित्तिय १.००, होटेल र पर्यटन ०.९३, जलविद्युत १.४३, लगानी ०.७४, जीवन बीमा ०.५६, निर्माण र प्रशोधन १.२०, लघुवित्त ०.५६, म्युचुअल फन्ड ०.३१, निर्जीवन बीमा ०.६१, व्यापार १.७४ र अन्य उपसमूह १.३१ प्रतिशतले घटेको छ ।
यस दिन स्नो रिभर लिमिटेडको सेयर १५ प्रतिशतले बढेको छ । त्यस्तै कर्पोरेट डेभलप्मेन्ट बैंक लिमिटेडको १३.०४ र श्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडको १०.८० प्रतिशतले सेयर बढेको छ ।
यस दिन १३ करोड ३९ लाख बराबर कारोबार गरेर शिध्दार्थ बैंक लिमिटेड पहिलो स्थानमा छ । तक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले ११ करोड ३२ लाख ७८ हजारको कारोबार गरेको छ । त्यस्तै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले ९८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै