
काठमाडौं । सहआयोजक क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । खेलको ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए । कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गरेका थिए । उनै ओउनाहीले खेलको ८२औं मिनेटमा गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल गर्दै मोरक्कोलाई ३–० को सहज जितमा पुर्याए । क्यानडाले मोरक्कोभन्दा बढी सर्ट प्रहार गरेपनि गोल भने गर्न सकेन । बल पोजिसनमा मोरक्को अघि रह्यो । सातौंपटक विश्वकप खेलिरहेको मोरक्को दोस्रोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । मोरक्को दुईपटक क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकन टोली हो ।
पहिलोपटक नकआउट चरणमा पुगेको क्यानडा मोरक्कोसँगको हारसँगै विश्वकपबाट बाहिरिएको हो । क्यानडा प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक राष्ट्र हो । अन्य आयोजक राष्ट्र अमेरिका र मेक्सिकोको क्वार्टरफाइनल पुग्ने सम्भावना कायमै छ । अब मोरक्कोले सेमिफाइनल प्रवेशका लागि फ्रान्स र पाराग्वेबिचको विजेतासँग खेल्नेछ ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद