
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने दिन सेयर बजार परिसूचक २४.५७ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६५१.६८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको सेयर मूल्य घटेको छ । आज १० कम्प्नीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटि भइन्डेक्स पनि ४.३३ अंकले बढेर ४६०.६१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । नेप्से बढेको दिन पुँजी बजारमा ४ अर्ब ४० करोड माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३५२ कम्पनीका ९५ लाख १९ हजार ४५२ कित्ता सेयर ७२ हजार २२ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४० करोड ७ लाख ५२ हजार ५४२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।











समाचार
१४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय
झ्याप्प-झ्याप्प” बत्ती जाने समस्या: समाधान अभियान सुरु
भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणलाई तीव्रता दिइने, ५ अर्बको स्रोत सुनिश्चित : गृहमन्त्री गुरुङ
गढीमाई नगरपालिकाका नगर प्रमुखसहित ४ जना र निर्माण कम्पनीविरुद्ध २ करोड ५७ लाख भ्रष्टाचार मुद्दा
सरकारको सयदिने कार्यसूचीमा ८७.२ प्रतिशत प्रगति हासिल भएको अर्थमन्त्रीको दाबी
धान रोपाइँ झण्डै १३ प्रतिशतले कम
दैलेख दुर्घटना: कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो
बालेनले भेटे एडीबीका अध्यक्ष मासातो कान्डा
कालोसूचीमा सहजीकरण, कर्जा पुनरुत्थान र विद्युतीय सवारी प्रयोगमा जोड
बैंक शाखा विस्तार र बन्दमा लचक नीति, बैंकहरूको सञ्चालन खर्च घट्ने : मौद्रिक नीति