
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज भने १.१३ अंकले घटेको हो ।
आज सेयर बजार परिसूचक २६००.७८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज १२० कम्पनीको सेयर मूल्य बढेको छ । आज १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.५८ अंकले घटेर ४५३.६० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको मूल्य घटेको छ भने ५ वटाको बढेको छ ।
आज परिसूचक झिनो अंकले घटेको दिन कारोबार भने वृद्धि भएको छ । अघिल्लो दिन ४ अर्ब ६१ करोड माथिको कारोबार भएको बजारमा आज भने ६ अर्ब ८६ करोड माथिको कारोबार भएको छ । आज ३६७ कम्पनीको १ करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर ५३ हजार ४३२ पटक खरिद बिक्री हुँदा ६ अर्ब ८६ करोड ७ लाख १८ हजार ६५८ रुपैयाँको कारोबार भएको छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै