
काठमाडौं । महालक्ष्मी विकास बैंकको काठमाडौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हबको औपचारिक समउद्घाटन सम्पन्न भएको छ । आज एक कार्यक्रमका बीच बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफि लाउन्ज सहितको डिजिटल हब रहको कार्यालय भवनको उद्घाटन गरे ।
सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो । डिजिटल बैकिङ्ग सेवालाई आधुनिकीकरण, सुरक्षित, प्रविधि तथा ग्राहकमैत्री बनाउँदै लैजाने बैकको नितिलाई निरन्तरता दिँदै बैकिङ्ग सेवामा नविनत्तम अवधारणाको प्रयोगको रुपमा कफी लाउञ्जको सुविधा समेत थप गरिएको छ जस अन्तर्गत ग्राहकले आरमदायी वातावरणमा बसेर नगद रकम जम्मा गर्ने, चेक क्लियरिङ गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारहरुको विशिष्ट अनुभव लिन सक्नेछन् । नेपालको बैकिङ्ग क्षेत्रमा यस प्रकारको सेवा प्रदान गर्नेमा महालक्ष्मी विकास बैंक सभ्मवत पहिलो बैंक रहेको छ ।
डिजिटल प्रविधिको प्रयोगमा युवाहरुलाई आकर्षित गर्न तथा ग्राहकहरु माझ पहुँच विस्तार गर्न सञ्चालनमा ल्याइएको यस कफि लाउञ्ज सहितको डिजिटल हब मार्फत डिजिटल बैकिङ्ग सेवा सम्वन्धी परामर्श समेत प्रदान गरिने भएकोले ग्राहकहरुको लागि सिकाई र अनुभवको केन्द्र बन्ने अपेक्षा बैकले लिएको छ ।
नेपाल राष्ट्र र्बैंकको च्भनगबितयचथ क्बलमदयह को अवधारणालाई समेत अवलम्बन गरी भविष्यमा वित्तीय सेवामा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नयाँ वित्तीय सेवा ग्राहकहरुलाई प्रदान गर्न बैंक प्रतिबद्ध रहेको छ ।













समाचार
भारत भ्रमणदेखि तल्लो अरुणसम्म, प्रधानमन्त्री कार्यालयका १५ प्रमुख काम सार्वजनिक
रनग रिन्पोछे “डोल्पो बुद्ध” को कृति ‘दीप’ सार्वजनिक हुँदै
दक्षिण कोरियाली संस्थाको सहकार्यमा बाढीपीडित परिवारलाई राहत
भोटेकोशी बाढीपीडितका लागि ब्रिटिश गोर्खासम्बद्ध संस्थाद्वारा ६२ लाखभन्दा बढी सहयोग हस्तान्तरण
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन