
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी तथा भूमिहीन नागरिकको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्वासी परिवारसँग छलफल गर्दै उनले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीरतापूर्वक काम गरिरहेको बताए ।
उनले सरकारको प्रयासलाई सफल बनाउन प्रभावित नागरिकको पनि साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । ‘तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहन रूपमा बुझेको छ। यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्यो’, गृहमन्त्री गुरुङले भने ।
उनले सुकुम्वासी तथा भूमिहीन नागरिकको समस्या समाधानजस्तो संवेदनशील विषयलाई राजनीतिक स्वार्थसँग जोडेर हेर्न नहुने बताउँदै सबै पक्षलाई जिम्मेवार ढङ्गले सहयोग गर्न आग्रह गरे ।













समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
बाढीले पुरिएको घरबाट ११ दिन पछि नुवाकोटमा महिलाको जीवितै उद्धार
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’