
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष सहजराम अहिर सहित पाँच जनालाई राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगले तत्कालीन अध्यक्ष अहिर समेत पाँच जना र सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालि बुटबल उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले आव २०७६/७७ मा वडा नं १ र २ को विभिन्न स्थानमा नदीजन्य पदार्थको सङ्कलन तथा निकासीको बोलपत्र आह्वान गरेको र बोलपत्र भएपश्चात ठेकेदारसँग आपसी मोलमोलाई गरी सम्झौताबिना कार्यालयबाट सहीछापसहितको नगदी रसिद जारी गरी अनियमित ढङ्गले ठूलो परिमाणको राजस्व रकम हिनामिना गरेको आरोपमा आरोपपत्र दायर गरिएको जानकारी दिए।
आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भू चौधरी, सगुन कन्स्ट्रक्सन, बुटवल भनिे सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालि रूपन्देही, उक्त कम्पनीका प्रबन्ध निर्देशक सहदेव खड्का र प्रतिनिधि विकास पुन भन्ने विरास पुनमाथि आरोपपत्र दायर गरेको जनाएको छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम