
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो सिजनका लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
एनपिएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले ९ खेलमा २ अर्धशतकसहित २ सय ७५ रन बनाउनुका साथै १२ विकेट लिएका थिए। राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले इंग्ल्यान्डको घरेलु क्रिकेटमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। बाँयाहाते ब्याटर जैबले टि ट्वान्टी क्रिकेटमा १ सय १२ खेलबाट १ हजार ७ सय ९२ भन्दा बढी रन बनाएका छन्। जसमा उनको स्ट्राइक रेट १४० भन्दा माथि रहेको छ।
भाइटालिटी ब्लास्टमा मात्रै उनले १ हजार ६ सय भन्दा बढी रन बनाइसकेका छन्। स्लो लेफ्ट-आर्म बलरका रूपमा समेत प्रभावशाली रहेका जैबले टि ट्वान्टी क्रिकेटमा २३ विकेट लिएका छन्। जैबले हालै भाइटालिटी ब्लास्ट र द हन्ड्रेडमा समेत सहभागिता जनाएका छन् । ‘ म फेरि आफ्नो घरमा फर्कन पाउँदा निकै खुसी छु र नेपालमा आएर फेरि खेल्न निकै उत्साहित छु,’ जैबले भनेको सुदूरपश्चिमले जनाएको छ।
सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। ‘जैबलाई फेरि टोलीमा स्वागत गर्न पाउँदा हामी निकै खुसी र उत्साहित छौं। नेपाली कन्डिसनमा म्याच विनरका रूपमा आफूलाई प्रमाणित गरिसकेका जैबबाट यसपटक पनि पहिलो संस्करणकै जस्तै योगदानको अपेक्षा गरेका छौं। पहिलो उपाधि जित्ने हाम्रो लक्ष्यमा उनको भूमिका महत्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौं,’ खड्काले भने।
सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो। त्यस्तै, अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई टोलीमा भित्र्याएको थियो।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम