
पर्सा । प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा-१४ कृष्णप्रणामी चोकमा लागुऔषध ब्राउनसुगरको खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा लागुऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतका शत्रुधन पासवानलाई आज पक्राउ गरेको हो ।
शङ्काष्पद रूपमा पैदल हिँडिरहेका निजलाई रोकी खानतलासी गर्दा भारतको विहार जिल्ला मोतीहारी श्रीपुर ग्रामपञ्चायत-१ निवासी २५ वर्षीय पासवानले लगाएको पाइन्टको खल्तीबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६.५७ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए । निजलाई ब्राउनसुगरसहित पक्राउ गरी नियन्त्रणमा लिलुका साथै थप अनुसन्धान भइरहेको उनले बताए ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना