
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आज मंगलबारदेखि ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुन लागेको यो एक्स्पो आगामी भदौ पहिलो सातासम्म सञ्चालन हुनेछ ।
नेपालमा दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यस प्रदर्शनीमा बहुराष्ट्रिय तथा स्वदेशी सवारीसाधन निर्माता र आयातकर्ताहरूको सहभागिता रहनेछ ।
एक्स्पोका मुख्य आकर्षणहरूः
विद्युतीय सवारीसाधन : एक्स्पोमा मुख्य गरी विभिन्न ब्रान्डका पछिल्ला मोडलका ई–कार, ई–स्कुटर तथा विद्युतीय व्यापारिक सवारीसाधनहरू मुख्य आकर्षणका रूपमा रहनेछन्।
नयाँ मोडलहरूको सार्वजनिकः नेपाल भित्रिएका नयाँ सवारीसाधन र तिनका आधुनिक प्रविधिहरूलाई सोही मञ्चमार्फत पहिलो पटक सार्वजनिक गर्ने तयारी गरिएको छ।
बैंक तथा वित्तीय संस्थाको उपस्थितिः सवारीसाधन खरिदका लागि सहज वित्तीय सुविधा उपलब्ध गराउन विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूले विशेष अफर र सहुलियत दरमा कर्जा योजनाहरू उपलब्ध गराउनेछन्।
अटो कम्पोनेन्ट्स र एक्स्ट्राजः अटोमोबाइल पार्टपुर्जा, ब्याट्री, चार्जिङ स्टेसनका प्रविधि तथा एक्सेसरिजका स्टलहरू समेत प्रदर्शनीमा समावेश छन्।
नेपालमा हरित ऊर्जा र विद्युतीय सवारीको प्रयोग तीव्र गतिमा बढिरहेको सन्दर्भमा यस एक्स्पोले अटोमोबाइल क्षेत्रलाई नयाँ दिशा दिने र उपभोक्तालाई एकै थलोमा धेरै विकल्प उपलब्ध गराउने आयोजकले विश्वास लिएको छ। एक्स्पो अवलोकनका लागि बिहान १० बजेदेखि साँझ ६ बजेसम्म समय तोकिएको छ ।













समाचार
बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?
सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी सहति अन्य सूचक कस्ता ?
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
फत्तेपुर दोभानमा रु २ करोड ६१ लाखको बेलिब्रिज निर्माण हुँदै