
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण विवरण अनुसार नाफामा सामान्य सुधार देखिएको हो ।
वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले ३८ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आवको भन्दा १.६९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३७ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा १८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३५ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटी ८ करोड ६८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष महाविपत्ति कोषमा १४ करोड ७८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५३ करोड २७ लाख रुपैयाँ र अन्य इक्विटी ७ करोड ८२ लाख रुपैयाँ थियो ।
गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा २५ अर्ब १२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षमा जीवन बीमा कोषमा १९ अर्ब २९ करोड ८१ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३०.१७ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा कम्पनीले ८ अर्ब ९ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ७ अर्ब ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १५.४९ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब ८५ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६ अर्ब ७६ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १६.१७ प्रतिशतले बढेको छ ।
५ अर्ब १ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ७.६५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ७.५३ रुपैयाँ थियो । पीई रेसियो ४९.४९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.६२ रुपैयाँ रहेको छ ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?