
काठमाडौं । बिहीबार पनि सेयर बजार परिसूचक सामान्य बढेको छ । अघिल्लो दिन पनि सामान्य बढेको बजार आज पनि ८.८१ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६५१.२१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७१ कम्पनीको सेयर मूल्य बढेको छ । आज ८६ कम्पनीको सेयर मूल्य घटेको छ । आज १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.९७ अंकले बढेर ४६४.५९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य बढेको छ । त्यस्तै २ उपसूचकको सेयर मूल्य घट्दा एउटाको मूल्य स्थिर रहेको छ ।
परिसूचक बढेको दिन सेयर बजारमा साढे ३ अर्ब माथिको कारोबार भएको छ । आज ३४७ कम्पनीका १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर ४५ हजार ८२२ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
थुलुङ राई समुदायका पहिलो IFMGA माउन्टेन गाइड तथा पहिलो सगरमाथा आरोही अबिरल राईद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमनजारो सफल आरोहण
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
निर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए