सेयर बजारमा एकल अंकको गिरावट, कारोबार ४ अर्ब माथि

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज भने ७.३७ अंकले घटेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६४३.८३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १६४ कम्पनीको सेयर मूल्य घटेको छ भने १०१ कम्पनीको मात्रै बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । शुक्रबार सेन्सेटिभ इन्डेक्स भने ०.१३ अंकले बढेर ४६४.७३ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटा उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको बढेको छ ।

परिसूचक घटेको दिन बजारमा ४ अर्ब माथिको कारोबार भएको छ । आज ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर ४३ हजार ६० पटक खरिद बिक्री हुँदा ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ रुपैयाँको कारोबार भएको छ । बजार घटे पनि आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट