
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन् ।
उनले आजै पदबहाली समेत गरेका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका थिए । शपथ ग्रहण समारोहमा सङ्क्षिप्त मन्तव्यसहित गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।
डेपुटी गभर्नर रावलले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए । उनी २०६९ सालमा उप– निर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । पदोन्नतिपश्चात् उनीले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै