
काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित हासिल गरेको छ ।सोमबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट १८.३ ओभरमा ११५ रनमा अलआउट भयो ।
होबार्टका लागि नितेश सामुयलले सर्वाधिक ३७ रन बनाए । टिम वार्डले २३, निवेथन राधाकृष्णनले २० रन बनाए ।नेपालका लागि नारायण जोशीले ३ विकेट लिए भने पवन सर्राफ र शाहब आलमले २-२ तथा बिपिन खत्रीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो ।कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । अनिल साहले २८ तथा लोकेश बमले अविजित २० रन बनाए । होबार्टका राफ म्याकमिलनले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । मार्कस बिनले २ तथा ब्राड्ली होप र निवेथन राधाकृष्णनले १-१ विकेट लिए ।
यसअघि नेपालले सुरुवाती दुई खेलमा हार बेहोरेको थियो । नेपालले आफ्नो चौथो खेलमा बुधबार एसीटी कोमेट्ससँग खेल्नेछ ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद