
काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल आज बिहान ७ः१५ देखि क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा सुरु भएकाे हाे।
यस खेलमा नेपालसामु समूह विजेता बन्ने मौका छ । जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ । नेपाल ताजा स्थितिमा छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो ।
नेपाल आजको खेलमा पनि सहज जित दर्ता गर्ने योजनामा छ ।उता हङकङले भने तीन खेल खेल्दा दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । हालसम्म एकदिवसीय क्रिकेटमा हङकङविरुद्ध नेपालको भेट चारपटक मात्र भएको छ । जसमा नेपालले एक र हङकङले दुई खेल जितेको विगत छ । यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको छ ।
नेपाल र हङकङले पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय क्रिकेट खेलेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले हराएको थियो । नेपाली टोली आज आठ वर्षअघिको इतिहास दोहोर्याउने सोचमा छ ।












समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक
माण्डु हाइड्रोपावरको सेयरको लकइन अवधि असोजमा सकिँदै