
काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि श्रीलंकन कप्तान चरिथ असलंकालाई अनुबन्ध गरेको छ । ब्याटिङ अलराउन्ड उनी सन् २०२१ देखि श्रीलंकान टोलीको नियमित सदस्य छन् ।
असलंकाले सन् २०२१ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय तथा भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।टी–२० अन्तर्राष्ट्रियमा असलंकाले हालसम्म ७७ खेलमा १ हजार ४६६ रन बनाउँदा सात विकेट पनि लिएका छन् । समग्र टी–२० क्रिकेटमा उनले १८५ खेलबाट ३ हजार ७१५ रन र ३७ विकेट आफ्नो नाममा गराएका छन् ।
सन् २०२४ देखि सीमित ओभरमा श्रीलंकाको नेतृत्व गरिरहेका असलंकाले आफ्नो अन्तर्राष्ट्रिय अनुभवसँगै नेतृत्व क्षमता पनि प्रदर्शन गरेका छन् । विराटनगरले असलंकाको आगमनले टोली थप बलियो हुने विश्वास व्यक्त गरेको छ ।
“चरिथ असलंकाजस्ता अनुभवी खेलाडीलाई टोलीमा स्वागत गर्न पाउँदा हामी उत्साहित छौँ । उनको अन्तर्राष्ट्रिय अनुभव, आक्रामक ब्याटिङ र नेतृत्व क्षमताले एनपीएलको तेस्रो सिजनमा टोलीलाई थप ऊर्जा प्रदान गर्नेछ,” विराटनगरले भनेको छ । विराटनगर किंग्समा आबद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै असलंकाले नेपालमा खेल्न उत्साहित रहेको बताए ।
“नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा विराटनगर किंग्सको प्रतिनिधित्व गर्न पाउँदा म निकै उत्साहित छु । नेपालमा क्रिकेटप्रतिको जुन उत्साह, माया र समर्थन छ, त्यसको बारेमा मैले धेरै सुनेको छु । अब आफैँ नेपाल आएर नेपाली क्रिकेट समर्थकहरूसँग त्यो अनुभव साझा गर्न म आतुर छु,” असलंकाले भने ।
असलंकासँग क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), इन्टरनेसनल लिग टी–२० जस्ता फ्रेन्चाइज प्रतियोगिताको अनुभव छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम