
काठमाडौं । यो साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेको छ । अघिल्लो दिन कारोबार बन्द रहेको सेयर बजारमा आज ७.०६ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक ७ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.७१ अंकले बढेर ४७३.७९ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ । परिसूचक बढेको दिन सेयर बजारमा ७ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३५६ कम्पनीका २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर ७० हजार ६९१ पटक खरिद बिक्री हुँदा ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम