
बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए।
घरमा टेलिभिजन चलाउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा आकाश गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई प्रादेशिक अस्पताल कलैया लगिएकामा चिकित्सकले इसिजी परीक्षण गर्दा अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको जनाएको प्रवक्ता घलेले जानकारी दिए।
प्रहरी प्रवक्ता घलेका अनुसार करेन्टबाट बालकलाई छुटाउने क्रममा उनकी हजुरआमा ७० वर्षीया ऐतबरिया देवी, दिदी १२ वर्षीया निलम, छिमेकी ४० वर्षीया फूलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा गम्भीर घाइते भएका छन्।
उनीहरूमध्ये ऐतबरिया, फूलकुमारी र अनिताको कोल्हवीस्थित तामागढी अस्पतालमा उपचार भइरहेको छ भने निलमको कोल्हवीस्थित सिटी अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।












समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान
ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा