
काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रतिनिधिमण्डलले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडलसंग भेटघाट तथा छलफल गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा भएको भेटमा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठ, कोषाध्यक्ष रुद्र बहादुर खत्री एवम् कार्यकारी निर्देशक विवेक मानन्धरसहितको टोलीले भेटघाटका क्रममा रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको पुनः स्थापना, जीविकोपार्जन तथा रोजगारी सिर्जनाका लागि सार्वजनिक–निजी साझेदारी (पिपिपि) मोडलमार्फत सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
सो अवसरमा मन्त्री पौडलले विपद्बाट प्रभावित नागरिकको पुनः स्थापना र आर्थिक पुनरुत्थानका लागि प्रदेश सरकार, निजी क्षेत्र तथा सरोकारवाला पक्षबीचको सहकार्यलाई थप सुदृढ गर्दै ठोस र परिणाममुखी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। प्रभावित परिवारलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले आवश्यक नीतिगत तथा कानूनी प्रक्रियाको अध्ययन गरी उपयुक्त कार्यविधि निर्माण गर्ने र निजी क्षेत्रको सहभागितालाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा छलफल भएको बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठले जानकारी दिए। महासंघ बागमती प्रदेशको सचिवालयको लागि जग्गा प्राप्त यसैबीच नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालय भवन निर्माणको लागि आवश्यक जग्गा प्राप्त भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका जिल्ला नगर उपाध्यक्ष एवम् मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कुमार गुप्ताको छोरा अमित अग्रवालकाे नाममा हेटौंडा १७ मा रहेको १ कठ्ठा जग्गा नेपाल उद्योग वाणिज्य महासंघको नाममा नामसारी गरिएको महासंघले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रुद्र बहादुर खत्री, कार्यकारी निर्देशक विवेक मानन्धर, कार्यालय सहायक रश्मि खनाल लगायतको सहभागितामा अध्यक्ष वेद बहादुर श्रेष्ठलाई भूमि प्रशासन कार्यालय अघि उपाध्यक्ष जिल्ला नगर उपाध्यक्ष कृष्ण कुमार गुप्ताले जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरे ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम