
काठमाडौं । ४७ औँ विश्व पर्यटन दिवसको अवसरमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आइतबार ‘नेपाल कलिङ–नाट्टा हेरिटेज रन २०२६’ मा पुरुषतर्फ रविन्द्र रावत र महिलातर्फ सुजिना रामदाम प्रथम भएका छन् । वसन्तपुरदेखि पाटनसम्म भएको हेरिटेज रनमा पुरुषतर्फ सलमान शेख द्वित्तीय र शेरबहादुर शाही तृत्तीय भए भने महिलातर्फ सुमित्रा तामाङ द्वितीय र संग्रिला श्रेष्ठ तृत्तीय भए ।
कार्यक्रममा वरिष्ठ धावक बैकुण्ठ मानन्धर प्रमुख अतिथिका रूपमा सहभागी थिए । काठमाडौं उपत्यकाका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्दै नेपाललाई जीवन्त, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्य हेरिटेज रन आयोजना गरिएको नाट्टाले जनाएको छ ।
काठमाडौं वसन्तपुरबाट सुरु भएको हेरिटेज रन काठमाडौं र ललितपुरका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा सम्पदा क्षेत्र हुँदै पाटन दरबार क्षेत्रमा पुगेर सम्पन्न भएको छ । वसन्तपुरबाट विशाल बजार, न्युरोड गेट, रत्नपार्क, शहीद गेट, दशरथ रंगशाला, थापाथली, साझा पेट्रोल पम्प हुँदै ललितपुरको लविम मलबाट पाटन दरबार क्षेत्रमा पुगेर समापन गरिएको छ ।
दौडमा पर्यटन व्यवसायी, पर्यटनसम्बद्ध विभिन्न संघ–संस्था, युवा तथा सर्वसाधारणको सहभागिता रहेको नाट्टाले जनाएको छ । ऐतिहासिक सम्पदा, संस्कृति, वातावरण र पर्यटन व्यवसायबीचको सम्बन्धलाई सुमधुर बनाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास नाट्टाका सचिव केदार घिमिरेले बताए । नेपालको पर्यटन क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको, यथावत रुपमा सञ्चालन भइरहेको र नेपाल खुला छ भन्ने सन्देश दिनुका साथै सांस्कृतिक सम्पदाको प्रवद्र्धनमा कार्यक्रम आयोजना गरिएको उनले बताए ।
यसअघि नाट्टाले ‘नेपाल कलिङ’ र ‘नेपाल ओपन’ अभियानलाई प्रवद्र्धन गर्दै दुईदिने विशेष कार्यक्रमसमेत आयोजना गरेको उनले बताए । ‘पर्यटनलाई पुनर्संरचना गर्न डिजिटल एजेन्डा र कृत्रिम बौद्धिकता’ भन्ने नाराका साथ विश्व पर्यटन दिवस विभिन्न कार्यव्रmम गरी मनाइँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग तथा पर्यटन क्षेत्रका संघसंस्थाको अगुवाईमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ ।
विश्व अर्थतन्त्रमा पर्यटनको ठुलो योगदान रहेको छ । आय र रोजगारी वृद्धि गर्न पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले धनी मुलुक भएकाले विश्वका पर्यटक तान्न सकिने प्रवल सम्भावना रहेको छ ।













समाचार
२ महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात
पहिरोका कारण सडक प्रभावित, मनकामना दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा
टीभीएसले ल्यायो देशकै पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटर्क १५०’
हिम्लुङ हिमाल बेसक्याम्पमा हिमपहिरो, उद्धार टोली घटनास्थलतर्फ
सुदूरपश्चिममा कमजोर बन्दै न्यून चापीय प्रणाली
नगर विकास कोष खारेज गरिँदै, एक खर्ब अधिकृत पुँजीको पूर्वाधार विकास कोष बन्दै
बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित
आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रिहा
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन