
काठमाडौं । कप्तान शुभमन गिलको शानदार दोहोरो शतक र रोहित शर्माको शतकको मद्दतमा भारतले दोस्रो एकदिवसिय क्रिकेटमा कीर्तिमानी जित निकालेको छ । भारतले वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसिय खेलमा ४०६ रनको कीर्तिमानी लक्ष्य २ विकेट गुमाएर पुरा गरेको हो ।
बुधबार गुवाहाटीमा भएको खेलमा भारतले ४३.३ ओभरमा २ विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्यो । गिल र रोहित मिलेर पहिलो विकेटका लागि २५५ रनको ठोस साझेदारी गरेका थिए । गिल १३३ बलमा २२३ रन बनाएर अविजित रहे । रोहितले १०१ रन बनाए । रुतुराज गायक्वाडले अविजित ३१ रन बनाए भने विराट कोहलीले २९ रन बनाए ।
यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाएर ४०५ रनको विशाल योगफल खडा गरेको थियो । वेस्ट इन्डिजका तीन खेलाडिले शतक प्रहार गरे । ओपनर जोन क्याम्पबेल, कप्तान शाइ होप र अमिर जाङ्गोले शतक बनाएका हुन् । क्याम्पबेलले ६८ बलमा ९ चौका र ५ छक्कासहित १०१ रन बनाए । होपले ९४ बलमा १०४ तथा जाङ्गोले ७७ बलमा ११४ रन बनाए । रस्टन चेस २९ रनमा अविजित रहे ।
भारतका लागि गुर्नुर ब्रार, रविन्द्र जडेजा र कुलदीप यादवले २–२ विकेट लिँदा प्रसिध कृष्णाले १ विकेट लिए । यसअघि भारतको सर्वाधिक सफल रन चेज सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध पूरा गरेको ३६० रनको लक्ष्य रहेको थियो । जुन लक्ष्यलाई बुधबार भारलते तोडेको छ ।












समाचार
सरकारी प्रसारण लाइन निजी क्षेत्रका लागि खुला, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
ऊर्जा क्षेत्रमा लगानीको नयाँ बाटो खुल्योः ऊर्जामन्त्री
करदाता प्रोत्साहन उपहार कार्यक्रममा बीजक प्रविष्टि अनिवार्य
सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए, चीन र सार्क क्षेत्रबाट उल्लेख्य वृद्धि
विपद्पछिको पुनःस्थापनामा अष्ट्रेलियाको साथ, प्रधानमन्त्री शाहले दिए धन्यवाद
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस
दुईतिहाइ नजिकको शक्ति प्रयोग गरेर भ्रष्टाचारीलाई कारबाही गरे श्रम संस्कृतिले जुनुसकै सहयोग गर्छ : आरेन राई
अर्थतन्त्रसँग सम्बन्धित तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ८९ करोड
विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध भएको कालीगण्डकी करिडोर आयो सञ्चालनमा