
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ गते बिहान १० बजेदेखि आइतबारसम्म सर्पदंश, आगलागी, बाढी, पहिरो तथा जनावर आक्रमणका घटना भएका हुन् ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार झापा, मोरङ, सिरहा, काठमाडौँ, चितवन, नवलपरासीपूर्व, कपिलवस्तु, पाल्पा, कैलाली र डोटीमा आगलागीका घटना भएका छन् । यस्तै, तेह्रथुम, भोजपुर, नवलपरासीपूर्व, बाँके र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन् ।
त्यसैगरी, ललितपुरमा पहिरो तथा कास्की र रुपन्देहीमा जनावर आक्रमणका घटना भएको प्राधिकरणले जनाएको छ । विपद्का घटनामा परी घाइते भएकाको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक विवरणअनुसार विपद्का घटनाबाट करिब रु २८ लाख ५० हजार बराबरको आर्थिक क्षति भएको छ ।
प्राधिकरणले विपद्का घटनाबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन तथा विपद्का समयमा स्थानीय प्रशासन, सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ ।












समाचार
विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
भोटेकोशी बाढी: रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै
बाढी पहिरोले म्याग्दीमा साढे पाँच सय घरपरिवार प्रभावित, सात जनाको मृत्यु
चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा
आजको मौसम : तराईमा आंशिक बादल, हिमालमा हिमपातको सम्भावना
डलरको मूल्य स्थिर, पाउण्ड र युरोको बढ्दा कुन देशको विनिमयदर कति ?
सहकारीका ऋणीलाई ११ करोड असुली