
दार्जिलिङमा आयोजित ग्लोबल शेर्पा मिट–२०२६ मा इतिहास, संस्कृति र समसामयिक चुनौतीबारे छलफल |
सोनादा, दार्जिलिङ । भारतको पश्चिम बंगालस्थित दार्जिलिङको सोनादामा पूर्वी हिमालयका शेर्पा समुदायबारे पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ग्लोबल शेर्पा मिट–२०२६ अन्तर्गत दोस्रो दिन शुक्रबार आयोजित सम्मेलनमा दार्जिलिङ, सिक्किमलगायत विभिन्न क्षेत्रका शेर्पा समुदायका प्रतिनिधि, अगुवा, विद्वान् तथा विद्यार्थी सहभागी भएका थिए ।
अल इन्डिया शेर्पा बुद्धिस्ट एसोसिएसनले ग्लोबल शेर्पा एसोसिएसनसँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा सिक्किम विधानसभाका सभामुख एम. एन. शेर्पा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । त्यस्तै, विद्यार्थी कल्याण बोर्डका अध्यक्ष सोनाम छोपेल शेर्पा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

सम्मेलनमा विभिन्न देशमा रहेका शेर्पा संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको समेत सहभागिता थियो । कार्यक्रममा विद्वान् तथा अनुसन्धानकर्ताहरूले शेर्पा समुदायको इतिहास, संस्कृति, परम्परा र वर्तमान अवस्थासँग सम्बन्धित विभिन्न विषयमा अनुसन्धानपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनले पूर्वी हिमालयसहित विश्वभर छरिएर रहेका शेर्पा समुदायबीच ज्ञान, अनुभव र विचार आदानप्रदान गर्ने अन्तर्राष्ट्रिय मञ्च प्रदान गरेको आयोजकले जनाएको छ ।

शेर्पा समुदायको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण, समुदायले सामना गरिरहेका समसामयिक चुनौतीमाथि छलफल तथा विभिन्न देशमा रहेका शेर्पाबीच एकता, सहकार्य र आपसी सम्बन्ध सुदृढ बनाउने विषय सम्मेलनका प्रमुख उद्देश्य रहेको छ ।
सम्मेलनले शेर्पा समुदायको ऐतिहासिक पहिचान, मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै आगामी पुस्तामा त्यसको हस्तान्तरण गर्ने विषयलाई समेत महत्त्व दिएको छ ।













समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण