
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा खुलातर्फ प्रदीप पौडेल र अमरसिंह पुन मगरले अग्रता लिएका छन् । महिलातर्फ डा. डिला संग्रौला (पन्त) अगाडि छिन् ।
आइतबार बिहानको ताजा मतपरिणामअनुसार ११७९ मत गन्दा महामन्त्रीको खुलातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा पौडेलले ६८८ मत प्राप्त गरेका छन् । यस्तै, पुन मगरले ४४३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उदयशमशेर राणाले ३८८, डा. सुनिलकुमार शर्माले ३००, गुरुराज घिमिरेले १६९, नैनसिंह महरले १२९, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत प्राप्त गरेका छन् ।
महामन्त्रीको महिलातर्फ एक पदका लागि भएको प्रतिस्पर्धामा डा. डिला संग्रौला (पन्त) ले ५२३ मतसहित अग्रता लिएकी छन् । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले ४८४ मत प्राप्त गरेकी छन् । त्यस्तै, रीता खनालले १३९ मत पाएकी छन् ।












समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै