
काठमाडौं । नेपालमा क्रियाशील पर्यटन क्षेत्रका संघसंस्थाहरूको छाता संस्थाको रुपमा नेपाल पर्यटन महासंघ बन्ने भएको छ । प्रमुख पर्यटन संघसंस्थाको बैठकको निर्णयअनुसार महासंघ गठनको गृहकार्य अघि बढेको छ ।
निजी–सरकारी साझेदारीमा सञ्चालित नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रको विकासमा अपेक्षित काम गर्न नसकेको निष्कर्षसहित निजीक्षेत्रका पर्यटन व्यवसायीहरूले महासंघको गृहकार्य गरेका हुन् ।
होटल एसोसिएसन नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), पर्वतारोहण सञ्चालक संघ, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा), प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, वायुसेवा सञ्चालक संघ लगायत संघसंस्था महासंघमा आवद्ध हुनेछन् ।
‘वान टिम, वान भिजन, वान भ्वाइस’ अवधारणा अनुसार पर्यटन क्षेत्रको साझा हितका लागि महासंघ आवश्यक परेको टानका अध्यक्ष सागर पाण्डेले बताए । ‘साझा समस्या पहिचान गरी सरकार तथा सम्बन्धित निकायसँग संस्थागत संवाद गर्ने र समाधानका लागि संयुक्त पहल गर्नुपर्ने आजको आवश्यकता हो । साझा समस्या समाधान र साझा हितका लागि महासंघ आवश्यक बन्यो ।’ उनले भने ।
पाण्डेले महासंघ गठनको अगुवाइ गरेका छन् । उनले महासंघका लागि आवश्यक विधि विधानको तयारीसमेत गरिरहेका छन् ।
पर्यटन व्यवसायीहरूका अनुसार पर्यटन प्रवद्र्धनलाई केवल बजेट खर्च गर्ने विषयका रूपमा मात्र नभई बजार अनुसन्धान, अन्तर्राष्ट्रिय मार्केटिङ, डिजिटल तथा एआई प्रविधि प्रयोग, नयाँ पर्यटन बजार विस्तार, नयाँ गन्तव्य तथा पर्यटन उत्पादन विकास र मापनयोग्य परिणामसँग जोड्न पनि महासंघको आवश्यकता परेको हो । नेपाल पर्यटन बोर्डले आवश्यक समन्वय गर्न नसकेको पर्यटन व्यवसायीहरूले गुनासो गर्दै आएका छन् । महासंघ पर्यटन क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने विश्वास पर्यटन व्यवसायीहरूको छ ।
हानका अध्यक्ष विनय शाह व्यवसायिक हकहित र समग्र पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि महासंघको भूमिका महत्वपूर्ण हुने बताउँछन् । ‘मुख्यकुरो व्यवसायिक हकहितकै हो । साथसाथै समग्र पर्यटन क्षेत्रकै प्रवद्र्धनमा निजीक्षेत्र आफैँ सक्रिय हुन आवश्यक देखियो । यसका लागि महासंघ उपयुक्त हुन्छ भन्ने हाम्रो साझा निष्कर्ष हो ।’ उनले भने । महासंघ बनाउने विषयमा यसअघिदेखि नै छलफल हुँदै आएको उनले बताए ।











समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै