
भुटानको गेलेफु माइन्डफुलनेस सिटीमा आयोजना हुने प्रोजेक्ट १०८ अन्तर्गत १०८ वटा जाङचुब चोर्टेन (स्तूप) स्थापना तथा प्राणप्रतिष्ठा समारोहमा चोगत्रुल ग्याङखाङ रिन्पोछे पनि सहभागी हुने भएका छन् ।
पाल्युल ञिङमा परम्पराका श्रद्धेय धर्मगुरु तथा नाम्ड्रोलिङ गुम्बाका प्रमुख रिन्पोछे उक्त पवित्र समारोहमा सहभागी हुने आध्यात्मिक गुरुहरूमध्ये एक हुन् ।
रिन्पोछे हाल ञिङमा मोनलाम छेनमो इन्टरनेसनल फाउन्डेसनको प्रमुखका रूपमा कार्यरत छन् ।
उनलाई तेस्रो ग्याङखाङ रिन्पोछेको पुनर्जन्मका रूपमा पहिचान गरिएको थियो । उनले सन् १९९५ मा ङाग्युर ञिङमा इन्स्टिच्युटको नौवर्षे अध्ययन कार्यक्रम पूरा गरेका थिए । त्यसपछि उनले उक्त संस्थामा उपाध्यक्ष र अध्यक्षका रूपमा समेत जिम्मेवारी निर्वाह गरे ।
रिन्पोछेले विश्वका विभिन्न स्थानमा भ्रमण गरी अभिषेक, धर्मसम्बन्धी मौखिक प्रवचन तथा आध्यात्मिक शिक्षाहरू प्रदान गर्दै आइरहेका छन् । प्रोजेक्ट १०८ अन्तर्गत आयोजना हुने चोर्टेन स्थापना तथा प्राणप्रतिष्ठा समारोहमा उनको सहभागितालाई महत्त्वपूर्ण मानिएको छ।












समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै