
काठमाडौं । हिन्दु धर्मावलम्वी नेपालीहरूको महान् चाड बडादसैँमा परिवार तथा आफन्तसँग बसेर मिठामिठा परिकार खाने चलन छ । दसैँमा विशेषगरी मासु, चिल्लो, मसलेदार खानेकुरा र मिठाईको सेवन बढ्ने गर्छ । तर स्वादका लागि आवश्यकताभन्दा बढी खाँदा पाचनसम्बन्धी समस्या, ग्यास्ट्रिक, अपच तथा रक्तचाप र रगतमा चिनीको मात्रा असन्तुलित हुने जोखिम बढ्न सक्छ ।
स्वास्थ्यलाई ध्यानमा राख्दै दसैँमा सन्तुलित र नियमित खानपान गर्न आवश्यक छ । मासु खाँदा बोसो कम भएको भाग छनोट गर्ने, धेरै तेलमा तारिएका परिकारभन्दा उसिनेको, झोलिलो वा कम तेलमा पकाएको मासु खाने बानी उपयुक्त हुन्छ । एकैपटक धेरै खानुभन्दा थोरै–थोरै र आवश्यकताअनुसार खानु राम्रो हुन्छ ।
त्यस्तै खानामा सागसब्जी, फलफूल, दाल तथा सलाद समावेश गर्नुपर्छ । पर्याप्त पानी पिउने र चिनी भएका पेय पदार्थ तथा मदिराको सेवनबाट बच्ने वा सीमित गर्ने गर्नुपर्छ । खाना खाएलगत्तै सुत्ने बानी त्यागेर केही समय हल्का हिँडडुल गर्नु पनि लाभदायक हुन्छ ।
मधुमेह, उच्च रक्तचाप, मुटु तथा मिर्गौलासम्बन्धी समस्या भएका व्यक्तिले खानपानमा विशेष सावधानी अपनाउनुपर्छ । नियमित औषधि सेवन गरिरहेका व्यक्तिले चाडपर्वका कारण औषधिको समय र मात्रा परिवर्तन गर्नु हुँदैन ।
दसैँमा स्वादसँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिन सके चाडपर्वको खुसी कायम राख्दै सम्भावित स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । खानपानमा संयम, नियमित व्यायाम र पर्याप्त आराम नै स्वस्थ दसैँका आधार हुन् ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम