आज छठको दोस्रो दिन, खरना विधि गरिदैं

आदिदेव सूर्यको उपासना गरी श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आज खरना विधि मनाइँदैछ । चारदिने छठ पर्वको महत्वपूर्ण विधिका रूपमा रहेको खरनामा ब्रतालुहरू दिनभर निराहार उपवास बसेर साँझ विशेष पूजा गरी प्रसाद ग्रहण गर्छन् ।

खरनाका दिन चामल, सक्खर र दूध मिसाएर खीर पकाउने तथा त्यसलाई सूर्यदेवलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । ब्रतालुले प्रसाद परिवारका सदस्य तथा छरछिमेकमा समेत बाँड्ने गर्छन् । खरनापछि ब्रतालुको कठोर उपवास सुरु हुन्छ ।

पर्वको मुख्य दिन भोलि आइतबार साँझ नदी, पोखरी तथा जलाशयका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिइनेछ । सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ । सन्तान प्राप्ति, पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्दै छठ पर्व मनाउने गरिन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट