
नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा चेल्सीले युरोपा कन्फेरेन्स लिग प्लेअफको पहिलो लेगमा स्विट्जरल्यान्डको सेर्भेटलाई २–० ले पराजित गरेको छ।
स्टामफोर्ड ब्रिजमा क्रिस्टोफर नकुन्कुले ५०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ७६औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा नोनी माडुकेले गोल गर्दै चेल्सीको जित पक्का गराए। योसँगै अर्को साता हुने दोस्रो लेगअघि चेल्सी समूह चरणनजिक पुगेको छ।
चेल्सीले इङ्लिस प्रिमियर लिगमा हारबाट सुरुआत गरेको थियो। लिगको पहिलो खेलमा म्यानचेस्टर सिटीविरुद्ध २–० को हार बेहोरेको चेल्सीका लागि यो जितले राहत दिएको छ। माउरिसियो पोचेटिनोको नेतृत्वमा गत सिजन चेल्सी प्रिमियर लिगमा छैटौं स्थानमा रहेको थियो।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह