
एप्पल कम्पनीले सेप्टेम्बरमा एउटा महत्वपूर्ण कार्यक्रम घोषणा गरेको छ । जहाँ आइफोन १६ सार्वजनिक हुने अपेक्षा गरिएको छ ।सेप्टेम्बर ९ सोमबार कम्पनीले आयोजना गर्ने कार्यक्रमलाई ग्लो टाइम नाम दिइएको छ । यो कार्यक्रम स्थानीय समयअनुसार विहान १० बजे एप्पल पार्कमा रहेको स्टिभ जब्स थिएटरमा आयोजना हुनेछ ।
यद्यपि ग्लोटाइम आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई नै सम्बोधन गरिएको हो वा होइन भन्ने अझैसम्म पनि यकिन भएको छैन । एप्पलले आइफोन १६ मा एआईको प्रयोग गर्ने अपेक्षा गरिएको छ ।
गत जुन महिनामा वर्ल्डवाइड डेभलपर्सको वार्षिक सम्मेलनमा एप्पलले जुनेरेटिभ एआईको विशेषता भएको आइफोन ल्याउने घोषणा गरेको थियो । कम्पनीले तत्कालीन समयमा एप्पल इन्टेलिजेन्स सार्वजनिक गरेको थियो । एप्पलको जेनेरेडेट इमोजी स्मार्टर सिरीका रुपमा लिइएको छ । जसले सबै प्रकारका उत्तर दिन सक्ने जनाइएको छ । जसमा तपाईको इमेलदेखि प्रेमिका आउने समयबारे् समेत जानकारी दिने दाबी गरिएको छ ।
आइफोन १६ पहिलो एआईका सम्पूर्ण विशेषता भएको मोबाइल हुने समेत दाबी गरिएको छ । कम्पनीले यसअघि पनि मोबाइलमा एआईका विशेषता समावेश गरेको थियो ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै