
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ थप कजमोर बनेको छ । आज युरो र पाउण्डको मूल्य घटेपछि अमेरिकी डलरको मूल्य अघिल्लो दिनको तुलनामा बढेको हो ।
केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा रहेको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरोको विनिमयदर भने घटेको छ । आज एक युरोको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा कायम भएको छ । अघिल्लो दिन एक युरोको खरिददर १४८ रुपैयाँ २६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा रहेको थियो ।
त्यस्तै आज पाउण्डको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा पुगको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७६ पैसा रहेको थियो ।
त्यस्तै राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा पुगेको छ । यता क्यानडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा कायम भएको छ । आज सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८६ पैसा कायम भएको छ ।
त्यस्तै आज जापानी ऐन दशको खरिददर ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ पैसा, चाइनिज युआन एकको खरिदर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा र साउदी अरब रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
त्यस्तै कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा, युएई दिर्हाम एकको खरिदर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा र मलेसियन रिङगेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा कायम भएको छ ।
त्यस्तै कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा कायम भएको छ । आज हंकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा कायम भएको छ । त्यस्तै कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४४० रुपैयाँ ६४ पैसा र बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २४ पैसा पुगेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह