
काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) २०२३–२५ को फाइनल अर्को वर्ष हुनेछ । त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले मंगलवार तेस्रो संस्करणको डब्लुटिसीको फाइनल इङ्ग्ल्यान्डको लर्ड्समा हुने जनाएको हो । फाइनल २०२५ जुन ११ देखि १६ सम्म हुनेछ ।
लिगको पहिलो संस्करण न्युजिल्यान्ड र दोस्रो अस्ट्रेलियाले जितेको थियो । दुवै पटक फाइनलमा भारत पराजित भएको थियो । लिगमा भारत ६८.५२ र अष्ट्रेलिया ६२.५० प्रतिशत अंकका साथ अहिले तालिकाको शीर्ष दुई टोलीका रुपमा रहेका छन् । ९ वटा टोलि सहभागि लिगमा न्युजिल्यान्ड तेस्रो स्थानमा छ । पाकिस्तानमाथि २– ० को ऐतिहासिक जित निकालेको बंगलादेश चौथो स्थानमा छ । इङ्ग्ल्यान्ड पाचौं र दक्षिण अफ्रिका छैठौं स्थानमा छन् । श्रीलंका सातौं, पाकिस्तान आठौं र वेस्ट इन्डिज पुछारमा छ । लिगको अंक तालिकाको शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।
इङ्ग्ल्यान्डले तेस्रो पटक डब्लुटिसीको फाइनल आयोजना गर्नेछ । पहिलो संस्करणको फाइनल साउथह्याम्पटनमा र दोस्रो संस्करणको फाइनल द ओभलमा भएको थियो ।













समाचार
आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण
आम्दानीको स्रोत बन्यो रातो च्याउ
शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’
एसिसी प्रिमियर कप फाइनलः उपाधिका लागि नेपाल र युएई मैदानमा
आज विश्व प्राथमिक उपचार दिवस
साता दिनमै ६ हजार ४ सय रुपैयाँले घट्यो सुन, तोलाको कति ?
धेरै पछि सेयर बजारमा हरियाली, सातामा १६ अंकको वृद्धि, कारोबार पनि बढ्यो
मनसुनी वायु सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मधेशमा कर्जा विस्तार र गुणस्तरीय ऋणमा जोड दिँदै सिटिजन्स बैंक