काठमाडौं । बुधबार पनि सेयर बजारमा ओरालो लाग्ने क्रमले निरन्तरता पायो । अघिल्लो दिन पनि दोहोरो अंकले घटेको बजार आज पनि दोहोरो अंकले नै घटेको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २२ दशमलव ७३ अंकले घटेर २६१० दशमलव २१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६६ कम्पनीको बढेको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ३० अंकले घटेर ४६३ दशमलव ०७ विन्दुमा पुगेको छ । आज परिसूचकसँगै कारोबार रकम पनिमा पनि गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब बढीको कारोबार भएको सेयर बजारमा आज ६ अर्बभन्दा बढीको मात्रै कारोबार भएको छ ।
आज सेयर बजारमा ३१७ कम्पनीका १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर ८७ हजार ३६ पटक खरिद बिक्री हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँको कारोबार भएको छ। आज १३ उपसूचकमध्ये ३ वटाको सेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ । त्यस्तै आजको कारोबार बन्द हुँदा सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।












समाचार
एक सातामा १५ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
दोबेला प्रहरी चौकी ३२ वर्षपछि आफ्नै भवनमा
आर्सनलको दमदार सुरुवात
मनसुनी वायु सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
इङ्लिस प्रिमियर लिग आज राति सुरु हुँदै, आर्सनल र कोभेन्ट्री आमनेसामने हुने
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
खबराको केरामा ‘फ्युजारियम’
यस वर्षको धान रोपाइँ सकियो, गत वर्षभन्दा उत्साहजनक
एसीसी प्रिमियर कपको अभ्यास खेल : नेपालको लगातार दोस्रो जित