काठमाडौं । यो साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २७२७ दशमलव ३६ विन्दुमा बन्द भएको नेप्से यो साता १.४२ प्रतिशत अर्थात ३८ दशमलव ८३ अंक घटेर २६८८ दशमलव ५३ विन्दुमा बन्द भएको हो ।
साताको अन्तिम कारोबार दिन उच्च अंकले बढ्नु बाहेक यो साता सेयर बजार घटेको थियो । यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन मात्र बढेको थियो । यस साताको अन्तिम कारोबार दिन नेप्से ७८ अंक बढेर बन्द भएको थियो ।
यो साता सेन्सेटिभ इण्डेक्स २.०३ प्रतिशत घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ प्रतिशत घटेको छ । नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ११ अर्ब ९६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ८ अर्ब ३७ करोडको मात्र सेयर खरिदबिक्री भएको छ ।
गत साताको तुलनामा यस साताको दैनिक औषत काराबोर रकम ३०.०३ प्रतिशत घटेको हो । त्यस्तै, यस साता कुल कारोबार संख्या २५.८३ प्रतिशत घटेको छ भने कुल शेयर संख्या २७.९७ प्रतिशत घटेको छ । यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे १ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ३६ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साता ६१ अर्ब घटेर ४२ खर्ब ७४ अर्बमा सीमित भएको छ ।
१३ उपसमूहमध्ये यस साता लगानी उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । यस साता लगानी उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको हो । गत साता १०९ दशमलव ९१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १ दशमलव १४ अंक बढेर १११ दशमलव ०५ विन्दुमा पुगेको छ ।
कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.१४ प्रतिशत घटेको छ । गत साता १३५९६ दशमलव ६१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४२६ दशमलव ६२ अंक घटेर १३१६९ दशमलव ९९ विन्दुमा झरेको छ ।













समाचार
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान
कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
संखुवासभा गोल्डकप १४ कात्तिकदेखि, पुरस्कार राशी पाँच लाख
आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
सगरमाथा आरोही संघको अध्यक्षमा पोखरेल निर्वाचित