
काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत बुधबार ओमानसँग खेल्दैछ । क्यानडाको ओन्टेरियोमा हुने खेल नेपाली समयअनुसार बेलुकी ८ः४५ बजे हुनेछ । क्यानडा भ्रमणमा नेपालको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो। नेपाल पहिलो जितको खोजिमा हुनेछ । यसअघि भएका पाँचमधध्ये तीन खेलमा नेपाल विजयी भएको छ। अन्यमा भने ओमानले नेपाललाई पराजित गरेको छ। २०२१ सेप्टेम्बर १४ मा भएको खेलमा ओमान पाँच विकेटले विजयी भएको थियो ।
१९ सेप्टेम्बरमा भएको अर्को खेलमा भने नेपाल सात विकेटले विजयी भएको थियो। २०२२ जुन ९ मा भएको खेलमा ओमान १३ रनले विजयी भएको थियो। त्यसयता भने नेपाल अपराजित छ। २०२२ जुन १४ मा नेपाल सात विकेट र अघिल्लो वर्ष अप्रिलमा भएको खेलमा पनि ओमान ८४ रले विजयी भएको थियो ।
नेपाली टोली : रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ)













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै