
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तबाट सहयोग नमिल्न सक्छ । शत्रुको जित हुनेछ । परिवारसँग को मनमुटाव बढ्नेछ । यात्राको लागि योग सफल नरहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ, सचेत रहनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्ला । कुनै कुराले मनमा शान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा दुबिधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आउनेछ । सरकारी निकायको भय रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । वैदेशिक कार्य पनि सहजै अघि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सेवाभावमा मन लाग्नेछ । पारिवारिक सुख मिल्नसक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज राजनैतिक कार्यमा र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम